बङ्गुरपालनबाट राम्रो आम्दानी

0
73

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते १४:०३ मा प्रकाशित

वालिङ । स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । करीब सात वर्ष मलेसियामा समय बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेक थिए । सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ” विकले भने, “अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको हूँ ।

उदाहरणीय व्यवसायी बनेका विकले १५ लाख रुपैयाँको लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीहरूबाट व्यवसाय शुरु गरेका थिए । शुरुमा मासु प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरू प्रयोग गर्थें” विकले भने, “अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० बढी पाठापाठीहरू बिक्री गर्ने गरेको छु । बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको विकको भनाई छ ।
सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म ऋण पुग्न नसकेको” व्यावसायी विकको भनाई छ । कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो, “विकले भने ।

सम्बन्धित सामग्रीहरू



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here