नेप्सेको अनलाइन कारोबारमा समस्या, जम्मा ९ करोडको कारोबार

0
86


आर्थिकन्यूज

काठमाडौं, कातिक २५ । तिहारपछिको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार १७ दशमलव ३१ अंकले घटेर १ हजार २ सय ५ दशमलव २२ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ४ दशमलव ११ अंकले घटेर २ सय ५५ दशमलव ९८ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय २५ कम्पनीको ३ लाख १४ हजार २९७ कित्ता शेयर खरिदबिक्री हुँदा ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज ८४ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा अपी पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९४ प्रतिशतले घटेको छ ।

यस दिन फाइनान्स समूह र अन्य समूह बढेको छ भने बाँकी सबै समूह घटेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here