नेप्सेको अनलाइन प्रणालीमा सरवरको खराबीको कारण समस्या

0
94


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २५ । नेपाल स्टक एक्स्चेञ्जले शुरु गरेको शेयर बजारको अनलाइन प्रणालीको कारोबारको दोस्रो दिन पनि समस्या आइरहेको छ । गत मंगलबारबाट शुरु गरको शेयर बजारका अनलाइन कारोबार गत हप्ता एक दिन मात्र कारोेबार भएर बन्द हुँदा बजारको इन्डेक्स नै गायव भएको थियो भने आइतबार कारोबार शुरु भएदेखि नै समस्या आएको छ ।

कारोबार खुलेको संकेत देखाएपनि मार्केट ओपनमा क्लिक गर्दा कारोबार सुन्य देखाउने गरेको छ भने मार्केट डेफ्थ लगायतका सूककांक नदेखिने समस्या रहेका छन् ।

आइतबार बजार खुले लगत्तै अनलाइन कारोबारमा समस्या आएको विषयमा नेप्सेका प्रमुख कार्यकारी अधिकृतले चन्द्रसिंह साउद भने, ‘बजारमा नयाँ प्रणाली भएकाले एगजष्ट हुन समय लाग्छ आज भने डेटा हबमा रहेको सरवरमा आएको खराबीका कारण केहि समय बजारको कारोबार समस्या देखिएको हो ।’

गत मंगलबारको नेप्सेको तथ्याक आइतबार ३ अंक बराबरले बजार बढेको सूचना देखिएको थियो । आज बजार खुले लगत्तै हरियो भएको बजार १ः३० सम्म आउदा ११ अंकभन्दा बढीले बजारमा गरिवाट आइसकेको छ ।

अनलाइन कारोबारलाई व्यबस्थीत गर्न नेप्सेको आइटी टिम लागिरहेको र मार्केट डेफथले वेव साइटलाई धेरै लोड लिने भएकाले केहि समय मार्केट डेफथलाई स्विच डाउन गरिएको सिइओ साउदले जानकारी दिए ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here