न्यायको लागि धर्नामा निर्मलाको परिवार

0
81

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते १०:१० मा प्रकाशित

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवार अनिश्चितकालीन धर्नामा बस्ने भएका छन । छोरी निर्मला पन्तको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका अभिभावक अनिश्चितकालीन धर्नामा बस्ने भएका हुन ।।

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताए । निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ ।

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here