एट्लेटिको मड्रिडको सानदार कमव्याक, एथ्लेटिको बिलबाओ पराजित

0
88

काठमाडौँ, २५ कात्तिक । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले सानदार कमव्याक गर्दै एथ्लेटिको बिलबाओलाई ३-२ गोलले पराजित गरेको छ ।

खेलमा अग्रता बिलबाओले लिएको थियो । बिलबाओका लागि इनाकी बिलियमले खेलको ३६ औ मिनेटमा गोल गरे । खेलको ६१ औँ मिनेटमा एट्लेटिकोका लागि थोमसले बराबरी गोल फर्काए ।

तर, इनाकी बिलियमले खेलको ६४ औ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाए । यस सिजन फर्ममा रहेको एट्लेटिकोका लागि रोद्रीले खेलको ८० औ मिनेटमा बराबरी गोल फर्काए ।

खेल सकिन केही मिनेट बाँकी रहँदा एट्लेटिकोका लागि गोडिनले सानदार गोल गरे ।

यो जितसँगै दोस्रो स्थानमा रहेको एट्लेटिकोको १२ खेलमा २३ अंक भएको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको २४ अंक रहेको छ । बिलबाओको १० अंक रहेको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here