सिद्धिथुम्का पर्यटन महोत्सवको तयारी पूरा

0
116

राम योङहाङ
२०७५ कार्तिक २५ गते ७:२५ मा प्रकाशित

इलाम । इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आइतबारदेखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हुँदै छ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

‘आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौँ, समृद्ध पर्यटनको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ आयोजनामा हुन लागेको महोत्सव २७ कात्तिकसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । महोत्सवका लागि अनुमानित १० लाख रुपियाँ खर्च हुने आयोजक समितिका संयोजक गोविन्द गुरागाईले बताए ।

‘महोत्सवमा छिमेकी जिल्लासहित भारतका सिक्किम र दार्जिलिङका समेत गरी १५ देखि २० हजार पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखेको छौ“,’ संयोजक गुरागाईंले भने, ‘करिब १० लाख रुपैया“ बराबरको खर्च लाग्ने अनुमान गरी तयारी गरेका छौँ ।’

महोत्सवको उद्घाटन राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १३४औँ जन्मजयन्तीको अवसरमा आइतबार बिहान प्रदेश–१ का सासंद रामबहादुर मगरद्वारा गरिने कार्यक्रम तय भएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतिका साथै विभिन्न जातजातिका झा“कीहरू प्रदर्शनी, साहित्यिक–सांस्कृतिक र विविध खेलकुदका कार्यक्रमहरू हुने आयोजक समितिले जनाएको छ ।

महोत्सवमा राई, लिम्बू, मगर, सुनुवार, तामाङ लगायतका जातिहरूको जातीय संस्कृति झल्कने विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवका प्रमुख आकर्षणहरू

महोत्सवमा प्रमुख आकर्षणको रूपमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकन रहनेछ । समुन्द्री सतहदेखि १ हजार ६ सय ९३ मिटरको उचाइमा रहेको सिद्धिथुम्का चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यको मजा लिन सकिने भिन्न पहिचान छ । यस्तै, चुलीबाट देखिने कञ्चनजंगा र हिमालय पर्वतको शृंखलाका साथै तराईका समथर फाँटहरू, नजिकै रहेको अजम्बरे डाँडा, खान्दु्रङ गुफा, पङखेलुङ झरना, खान्द्रुङ गुफा, सिद्धिदेवीस्थान, पाल्सेन डुब्लिङ गोन्पो (गुम्बा), किराँतेश्वर शिवालय मन्दिर, प्राकृतिक, जैविक विविधता, स्थानीय हस्तकला, विभिन्न कृषिजन्य वस्तुहरूको अवलोकन, जातीय सांस्कृतिक नाचगान र स्थानीय खानपिनको परिकार महोत्सवको आकर्षण बन्नेछन् ।

यसअघि ६, ७ र ८ मंसिर २०६५ मा प्रथम सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्न भएको थियो । त्यस्तै, दोस्रो सिद्धिथुम्का पर्यटन महोत्सव ५, ६ र ७ मंसिर २०६६ मा आयोजना गरिएको थियो । सिद्धिथुम्काको पर्यटकीय विकासलाई अगाडि बढाउनमा महोत्सव प्रभावकारी भएको दाबी गरिएको थियो ।

सिद्धिथुम्का पुग्ने विभिन्न मार्ग

सिद्धिथुम्का पुग्न विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ । देउमाई नगरपालिकाको वडा नम्बर ७ मा पर्ने सिद्धिथुम्का सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा पर्दछ ।

इलाम बजारबाट साढे ३८ किलोमिटर मोटर यात्रामा मेची राजमार्गको नेपालटार हुँदै देउमाई नगरपालिकाको गाग्रे भन्ज्याङको बाटो सिद्धिथुम्का पुग्न सकिन्छ । त्यस्तै झापाको विर्तामोडबाट इलामको दानाबारी, चिसापानी, सोयाक हुँदै ४८ किलोमिटर मोटरयात्रामा सिद्धिथुम्का पुग्न सकिन्छ ।

इलाम बजारदेखि नेपालटार हुँदै सिद्धिथुम्काको गाडी भाडा जिपमा २२५ रुपैयाँ र बिर्तामोडबाट दानाबारी चिसापानी हुँदै आउँदा २४० रुपैयाँमा सिद्धिथुम्काको पञ्चमी आउन सकिन्छ ।

त्यस्तै, पञ्चमी आइपुग्न इलाम सदरमुकामबाट इलाम नगरपलिका ९ को भन्ज्याङ, १२ को साङरुम्बा र ११ को सिद्धिथुम्का हुँदै सबैभन्दा छोटो दूरीबाट पनि गाडीमा पञ्चमी पुग्न सकिन्छ । यो बाटो मेची राजमार्गको भन्ज्याङदेखि पञ्चमीसम्म १६ किलोमिटर कच्ची छ । सदरमुकामबाट जम्मा २२ किलोमिटरको गाडि भाडा १९० पर्छ ।

पर्यटकको पर्खाइमा सिद्धिथुम्का

पश्चिमी सिद्धिथुम्का डाँडा पर्यटक आर्कषणको केन्द्र बन्दै गएको छ । १ हजार ६ सय ९३ मिटरको उचाइमा रहेको सद्धिथुम्का चुलीबाट सूर्योदय, सूर्यास्त, हिमशृंखला र प्रदेश १ का थुप्रै भूभाग राम्ररी देख्न सकिन्छ ।

सदरमुकामबाट १५ किलोमिटर पश्चिममा रहेको सिद्धिथुम्कामा सदरमुकामवाट मोटर सडक खुलाइएपछि पर्यटकलाई त्यहाँ पुग्न सहज भएको छ । सिद्धिथुम्का डाँडासँगै, खान्द्रुङ सुरुङ, अजम्बरे डा“डा, पंखेलुङ झरनाजस्ता प्राकृतिक सम्पदाले त्यहाँ पुग्नेलाई आनन्दित बनाउँछ । त्यहा“सम्म पुग्ने सडक, खानेबस्ने व्यवस्था, पिउने पानीलगयतको प्रबन्ध हुन सके यो क्षेत्र महत्वपूर्ण गन्तव्य हुन सक्ने वडा सचिव युवराज घोर्साईं बताउँछन् ।

यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीयाबासी क्रियाशील छन् । पर्यटन प्रर्वधनका लागि स्थानीयले पटक–पटक महोत्सव आयोजना गरेर प्रचार गर्दै आएका छन् ।

अजम्वरे डा“डाबाट देखिने दृष्यावलोकन पनि लोभलाग्दो छ । यो डाँडाबाट जिल्लाका १० वटै स्थानीयलगायत कञ्चनजंघा हिमशृंखला र प्रदेश १ का विभिन्न क्षेत्र देख्न सकिन्छ । पञ्चमी बजार छेउको खान्द्रुङ गुफा पनि पर्यटकको आर्कषणको केन्द्रविन्दु भएको छ । पत्रैपत्रको चट्टानले बनेको यो गुफामा देवी देवता र जनवारका आकृति हेर्न सकिन्छ भने विभिन्न द्वारबाट छिरेर गुफाको अवलोकन गर्न सकिन्छ ।

व्यावसायिक रूपमा फस्टाएको मौरी र बाख्रा पालन तथा अदुवा, अम्लिसो खतीमा अग्रणी यो स्थान व्यावसायिक कृषि प्रणालीको अध्ययन अनुसन्धानका लागि पनि गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि होमस्टे पर्यटनलाई व्यवस्थित बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

चाउचाउ, कुरकुरे, लेजलगायतका ड्राइफुडको सट्टा कोदोको रोटी, फिलुङे, वाचिपा, किनामा, आलम, गुन्द्रुकको अचार र महलगायतका स्थानीय उत्पादनको स्वाद चखाउने स्थानीयले परम्परा बसाएका छन् । महोत्सव गरेर पर्यटन विकासमा स्थनीयवासीले मरिहत्ते गरे पनि हरेक वर्ष नोक्सानी व्यहोर्नुपरेका पीडा भने उनीहरूसँग छ ।

फाल्गुनन्द मन्दिर, पंखेलुङ झरना, सिद्धिदेवीको मन्दिरलगायत स्थान पनि महत्वपूर्ण छन् । जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिले पिछडि परेकाले सिद्धिथुम्काको पर्यटनमार्फत समग्र भौतिक विकासका लागि स्थानीयवासी जुटेका छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here