स्थायी राजधानी र नामकरण छिट्टै

0
63

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते ६:३३ मा प्रकाशित

हेटौँडा । प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुंगो लाग्ने जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुंगो लाग्नेछ । प्रदेशको राजधानी र नामकरणसम्बन्धमा गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएकाले त्यसबारे अब छिट्टै टुंगो लाग्ने सचिवालयले जनाएको छ ।

यसैबीच, प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुंगिने बताए । हेटाँैडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here