पुनर्निर्माण नहुँदा नासिँदै सम्पदा

0
64

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते ६:२८ मा प्रकाशित

विज्ञको एकथरी मत, स्थानीयको आफ्नै माग, जनप्रतिनिधिको अडान, जिम्मेवार निकायको समन्वय अभावले सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा संरक्षणको काम ओझेलमा

काठमाडौं । भूकम्पले क्षति पु¥याएका राजधानीका ऐतिहासिक धरोहरहरू निर्माणमा ढिलासुस्ती देखिएको छ ।

परापूर्व कालदेखि रहेका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका र विश्व–सम्पदा सूचीमा समेत रहेका सम्पदाहरू निर्माणमा विवाद र ढिलासुस्ती देखिएपछि नासिने खतरा बढ्दै गएको हो ।

धरहरा, रानीपोखरी, काष्ठमापण्डप, वसन्तपुरको नौ तले दरबार, बाघदरबार–हहिरभवनजस्ता सम्पदा केही भर्खर निर्माण प्रक्रिया सुरु गरिएका छन् भने अधिकांश अझै अन्योलमै छन् । भूकम्प गएको चार वर्ष पूरा हुँदा पनि निर्माणमा कहिले राजनीतिक त, कहिले कसले र कुन शैलीमा निर्माण गर्ने भन्ने कुरामा विवाद हुने गरेको छ ।

विज्ञको एकथरी मत, स्थानीयको आफ्नै माग, जनप्रतिनिधिको अडान, जिम्मेवार निकायको समन्वय अभावले सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा संरक्षणको काम ओझेलमा परेको हो ।

ऐतिहासिक धरहरा र माजुदेग मन्दिर निर्माणको प्रक्रिया सुरु भएका छन् भने अन्य अझै विवादमा रुमल्लिरहेका छन् । सबैभन्दा बढी विवाद रानीपोखरी र त्यसको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर निर्माणमा देखिएको छ । रानीपोखरी कसरी र कुन तरिकाले बनाउने भन्नेबारे काठमाडौं महानगरपालिकाका मयेर र उपमेयरबीच त पानी बाराबारकै अवस्था समेत आयो ।

रानीपोखरीमा कंक्रिटको प्रयोग गर्ने कि नगर्ने र मन्दिर कुन शैलीमा बनाउने भनेर अझै पनि निक्र्योल हुन नसक्दा पुननिर्माणको काम अघि बढ्न सकेको छैन ।

यसबीचमा धरहरा बनाउने टेन्डर लागिसकेको छ भने केही दिनमै यसको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । यो दुई वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको छ । माजुदेग मन्दिरको निर्माण पुनर्निर्माण पनि केही साताअघिबाट सुरु भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले यसको औपचारिक उद्घाटन गरेका थिए ।

वसन्तपुरको नौ तले दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माणको काम चल्दै छ भने काष्ठमण्डप मन्दिरको पुनर्निर्माण पनि सुरु भएको छ । तर, भौतिक रूपमा प्रगति अझै देखिन सकेको छैन । जसमा कागजी प्रक्रिया र केही भौतिक संरचनाको पुनर्निर्माण भएको हो कि, जस्तो मात्र देखिने गरेको छ ।

काठमाडौं उपत्यकामा जीवित देवीको रूपमा मानिने कुमारी बस्ने घरसमेत पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको छैन । पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको निकायले यसविषयमा अहिलेसम्म कुनै ठोस कदम चालेको देखिँदैन । यसैगरी, ऐतिहासिक बाघदरबार (हरिभवन) को पनि काम अझै सुरु भएको छैन । दरबार भत्काएर नयाँ बनाउने तयारी भइरहेको भए पनि यसमा विवाद श्रृजना हुँदै आएको छ ।

प्राधिकरणका अनुसार भूकम्प गएको चार वर्षको अवधिमा १ सय ८५ वटा सांस्कृतिक सम्पदा मात्र पुनर्निर्माण भएको छ । ७ सय ५३ वटा पुनर्निर्माण गर्ने लक्ष्यअनुसार हाल ३ सय ९ वटा निर्माणाधीन अवस्था छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here