छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु

0
74

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका गड्यौलीस्थित खेतमा काम गर्न जाँदा आज बिहान करीब ७:५० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी २३ वर्षीय सागर राईको मृत्यु भएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकास्थित हर्दिमा गए राति भएको सवारी दुर्घटनामा परी राप्ती नगरपालिका १ का रमेशबाबु त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपाठीको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी साधन फरार रहेकाले पहिचान नभएको प्रहरीले जानकारी दिएको छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here