मानिसको पाखण्डः पोर्नाेग्राफीमा रुचि, ब्रह्मचर्यको बात !

0
66

मानिस एक विचित्र जीव हो । आफूलाई सर्वश्रेष्ठ प्राणी भन्छ । तर, लज्जास्पद कर्म गरिरहेको हुन्छ । नीति र नैतिकताका ठेली रचना गर्छ । तर, नैतिक पतनका सीमा उल्लङ्घन गरिरहेको हुन्छ । पोर्नोग्राफी विशाल उद्योग बनिसक्यो, तर ब्रहृमचर्यको चर्चा पनि गरिरहन्छ मानिस ।

मानिसको मनमा राम बसेको हुन्छ या काम, यसै भन्न सकिन्न । यो आलेखको उद्देश्य एकसाथ ‘यौन सुख र ब्रहृमचर्यका पारखी’ हरुका सुखदुःख चर्चा गर्नु हो ।

जैमिनीको ब्रहृमचर्य

एकपटकको कुरा हो, महर्षि वेदव्यास शिष्यहरुलाई ब्रहृमचर्यको पालनाप्रति सजग गराउँदै थिए । उच्च आसनबाट शिष्यहरुलाई नियाल्दै उनले भने, ‘ब्रहृमचारीहरु स्त्रीदेखि सधैं सावधान र सतर्क रहनुपर्छ । किनभने, कामको आवेग शक्तिशाली हुन्छ । कोही पनि प्रभावित हुन सक्छ र वासनाको खाडलमा फस्न सक्छ ।

८ प्रकारका वासना विकार- ब्रहृमचारीले विपरीत लिङ्गीबारे सोच्नुहुँदैन । यौन सुख सम्बन्धमा चर्चा गर्नुहुँदैन । विपरीत लिङ्गीसँग घुलमिल गर्नुहुँदैन । कामुक नजरले हेर्नुहुँदैन । अन्तरंग कुराकानी गर्नुहुँदैन । यौन सम्बन्धबारे सोचविचार गर्नुहुँदैन । समागमको योजना बनाउनुहुँदैन । र, समागम गर्नुहुँदैन ।

गुरुका वचन सुनेर एक युवा ब्रहृमचारीले उठे र भने, ‘गुरुजी ! तपाईंको भनाइ उपयुक्त लागेन । किनभने, मलाई कुनै पनि स्त्रीले आफूतिर आकषिर्त गर्न सक्दिनँ । म पूर्ण ब्रहृमचारी हुँ ।’

वेदव्यासले सावधान गराउँदै भने, ‘जैमिनी ! तिमीलाई छिटै यसको अनुभव हुने छ । म तीर्थयात्रामा जाँदैछु । तीन महिनापछि फर्कन्छु । सावधान रहनू । अहंकारमा आएर आˆनो अति प्रशंसा गर्नु उचित होइन ।

सबैले देखे, व्यासजी झोलीतुम्बा बोकेर यात्रामा निस्किए । र, उनले नेटो कटेपछि आˆनो योगबलद्वारा सौन्दर्यले धपक्क बलेकी षोडषीको रुप धारण गरे ।

साँझ पर्न थालेपछि युवती जंगलको एक वृक्षमुनि पुगेर उभिई । त्यतिखेरै घनघोर पानी पर्न थाल्यो । युवती पानीले भिजी, उसका वस्त्रहरु शरीरमै टाँसिए । ऊ पहिलाभन्दा दोब्बर सुन्दर देखिन थाली ।
संयोगले जैमिनी त्यही बाटो कुटीतिर फर्कंदै थिए । जंगलमा ती युवतीलाई एक्लै देखेर उनको मनमा करुणा पलायो । युवतीलाई भने, ‘देवीजी, यदि तिमीलाई असहज लाग्दैन भने नजिकै मेरो कुटी छ, म तिमीलाई कुटीमा आश्रय दिन्छु ।’

युवतीले संकोच मान्दै भनी, ‘तपाईको कुटीमा अन्य स्त्री छन् ?’

जैमिनीले युवतीलाई विश्वस्त तुल्याउँदै भने, ‘म एक्लै बस्छु तर निश्चिन्त रहनू, म पूर्ण ब्रहृमचारी हुँ, मलाई स्त्री सौन्दर्य या संगतले प्रभावित गर्न सक्दैन ।

युवतीले भनी, ‘एक कुमारी कन्या ब्रहृमचारीको कुटीमा रात बिताउनु उचित होइन ।’

जैमिनीले युवतीलाई निश्चिन्त बनाउँदै भने, ‘तिमी भयभीत नहोऊ । म शपथ लिन्छु, तिमीलाई कुनै समस्या पर्ने छैन ।’

यति कुरा भएपछि युवती ब्रहृमचारीको कुटीमा जान राजी भइ ।

कुटीमा पुगेर जैमिनी बाहिर पिंढीमा सुते, युवती कुटीभित्र सुती । मध्यरात भएको हुँदो हो, जैमिनीको मनमा कुरा खेल्न थाल्यो । भित्र सुतेकी युवतीको रुप, उसको वदनको कञ्चनता जैमिनीको मनमा खेलिरहेको थियो । कसै गरे पनि उनले मनबाट युवतीलाई हटाउन सकेका थिएनन् । मनमा वासना जाग्यो । तर, ब्रहृमचारी जैमिनीले आˆनो ध्यान मोडे र पञ्चाक्षरी मन्त्र जप गर्न थाले ।

समय अनुकूल थिएन सायद । एकैछिनमा हावा हुरी चल्न थाल्यो । पानी परेका बेला हावा हुरी आएपछि ठण्डी बढ्यो । उनले कुटीको द्वारमा टक्टक आवाज दिए र भने, ‘देवी, बाहिर ठण्डी हावा चलिरहेको छ । बसिसक्नु भएन । कृपया मलाई भित्र आउने अनुमति देऊ ।’

युवतीले द्वार खोलिदिई । जैमिनी कुटीभित्र पसे । दीयोको मधुरो उज्यालोमा युवती औधी सुन्दर देखिएकी थिई । यतिखेर फेरि जैमिनीको मनमा वासना जाग्यो । फेरि उनले ध्यान अन्यत्र मोडे ।
युवती र जैमिनी दुवै आ-आफ्नो बिछ्यौनामा सुते । तर, जैमिनीलाई निद्रा परेन । अब त उनी युवतीले स्वास फेरेको सुन्न सक्थे । उसको शरीरको सुगन्ध महसुस गर्न सक्थे । उनको मनमा फेरि वासनाले शीर उठायो । युवा ब्रहृमचारीका लागि रात र युवतीको साथ थाम्नै नसकिने भइरहेको थियो ।

यसपटक भने उनले ध्यान अन्यत्र मोड्न सकेनन् । उनले विवेक गुमाए र जुरुक्क उठेर युवतीलाई आलिंगन गर्न पुगे । ठीक त्यहीबेला वेदव्यासले आˆनो वास्तविक रुप धारण गरे र भने, ‘पि्रय जैमिनी, कहाँ गयो तिम्रो पूर्ण ब्रहृमचर्य ? मैले सावधान रहनू भनेर प्रवचन दिइरहेका बेला तिमीले के भनेका थियौ ? सम्झ त ।’

जैमिनी लाजले भुतुक्क भए । उनले गुरुका सामु शीर ठाडो गर्न सकेनन् । धेरैबेरपछि उनले भने, ‘गुरुजी, मलाई क्षमा दिनुहोस् ।’

यसप्रकार विख्यात मर्हषि व्यासका ब्रहृमचारी शिष्यहरुका लागि पनि काम वासना थाम्नै नसकिने विषय थियो । ठूला तपस्वी ऋषिहरुले स्त्री सौन्दर्यको प्रभावले ब्रहृमचर्य भङ्ग गरेका उदाहरण छन् ।

परम्परा परापूर्वदेखि

पूर्वीय दर्शन परम्परा ब्रहृमचर्य अभ्याससम्बन्धी सुन्दर प्रशङ्गहरुले भरिएको छ । कुनै समय विश्वामित्र ब्रहृमचर्य अभ्यास गर्दै स्वर्गका राजा इन्ऽको आसन हल्लाउँथे । ऋषि परम्परामा ब्रहृमचार्य अभ्यास व्यापक थियो । कतिपय ऋषि यसैको बलमा त्रिकालदर्शी मानिन्थे । सबैभन्दा ठूलो तपस्या नै ब्रहृमचर्य अभ्यास मानिन्थ्यो । पूर्ण ब्रहृमचर्य अभ्यासले सिद्ध गर्न नसकिने केही हुँदैनथ्यो ।

कुनै समय सोमदत्त ब्रहृमचर्यको अभ्यास खण्डित नहोस् भनेर सुम्निमालाई नजिक नआउन भन्थ्यो । समस्या सुम्निमाको यौवन र सौन्दर्यमा थियो या सोमदत्तको वासना विकारयुक्त मनमा थियो ? मन स्वभावैले विपरीतलिङ्गीप्रति आकषिर्त हुन्छ भने स्वभाव विरुद्ध जानु कहाँको धर्म हो ?

महात्मा गान्धीले ब्रहृमचर्य अभ्यासको कठिन प्रयोग गरेका थिए । भलै ३७ वर्षको हुँदा यो अभ्यास आरम्भ गरेका गान्धी ७९ वर्ष हुँदासम्म सफल भएनन् । ८० पुग्नै लाग्दा उनी आˆनो ब्रहृमचर्य सफल भयो कि भएन जाँच्न नग्न युवतीसँग सुत्ने गरेका थिए ।

गान्धी के मान्थे भने यौन सम्पर्क केवल सन्तान उत्पादनका लागि हुनुपर्छ, वासना पूर्तिका लागि होइन । जब सन्तानोत्पत्ति इच्छा छैन भने सम्भोग गर्नु अपराध हो । गान्धीका विचारको निकै आलोचना भयो । पाठकले उनलाई भने, ‘तपाई भन्नुहुन्छ समागमको उद्देश्य सुख प्राप्ति होइन, सन्तानोत्पादन हो । यो उद्देश्य कसको हो ? ईश्वरको ? यदि यस्तो हो भने उसले कामवासनाको सृष्टि किन गर्‍यो ?’

सन्तानोत्पादनका लागि मात्र यौन समागम गर्ने हो भने हरेक पतिपत्नीले जीवनमा दुई या तीन सन्तान पैदा गर्ने हुँदा त्यति नै पटक सम्भोग गरे भयो । के यस्तो संयम सम्भव कुरा हो ?

जे भए पनि, कुनै समय थियो पूर्वीय जगतमा ब्रहृमचर्य अभ्यासको महिमा अपार थियो । ब्रहृमचर्यका कठोरतम परिभाषा तय गरिएका थिए । कर्मणा मनसा वाचा सर्वावस्थासु सर्वदा । सर्वत्र मैथुनत्यागो ब्रहृमचर्यं प्रचक्षते । अर्थात् मन, वचन र कर्मले सबै अवस्थामा सधैं वासना विकाररहित हुनु ब्रहृमचर्य हो ।

आठ प्रकारका वासना विकार मानिए-

ब्रहृमचारीले विपरीत लिङ्गीबारे सोच्नुहुँदैन । यौन सुख सम्बन्धमा चर्चा गर्नुहुँदैन । विपरीत लिङ्गीसँग घुलमिल गर्नुहुँदैन । कामुक नजरले हेर्नुहुँदैन । अन्तरंग कुराकानी गर्नुहुँदैन । यौन सम्बन्धबारे सोचविचार गर्नुहुँदैन । समागमको योजना बनाउनुहुँदैन । र, समागम गर्नुहुँदैन ।

कालक्रममा यो सारा परम्परा खण्डित भयो । सिद्धान्त किताबमा रहृयो, लोक व्यवहार त्यसलाई कुल्चेर कोशौं टाढा पुगिसक्यो । यद्यपि ब्रहृमचर्यको आकर्षण कायमै छ ।

बुढी र ब्रहृमचर्य

म एक साधक मित्रको घरमा थिएँ, बिहानी भोजनको निम्तो मान्न । मेरा मित्र ६० नाघेका योग साधक हुन् । जो ठमेलमा सेन्टर चलाउँछन् । र, युरोपका विभिन्न देशमा योग सिविर सञ्चालन गर्न गइरहन्छन् । उनीसँग भौतिक जीवन र साधनासम्बन्धी अनुभवको ठेला छ । हरेक विषयमा उनीसँग संवाद गर्न मज्जा आउँछ । उनी कोरा शास्त्र ज्ञान उद्धरण गरेर बोल्दैन्ान् । वास्तविक भोगाइको स्तरमा त्यो के हो बताउँछन् ।

भलाकुसारी हुँदै थियो, उनकी पत्नीले खाना तयार भएको जनाउ दिइन् ।

बरण्डामा आएर एक युवतीले हामीलाई खाना पस्किइन् । यी शालीन युवतीको मुहारमा प्रसन्नता र मनमा प्रेम भरिएको थियो । शरदयाममा बिहानी घाम ताप्दै यसरी खानपीन गर्नुको मज्जै बेग्लै ! यी हँसिली, रसिली र गुनिली युवती अरु कोही नभएर मेरा साधक मित्रकी पत्नी हुन् । मित्र ४५ हुँदा आधा उमेरकी युवतीसँग दोस्रो बिहे गरेका ।

कुनै प्रसङ्गमा हामी मित्रको बेडरुममा छिर्‍यौं । सिरानीमा एउटा पुस्तक रहेछ । शीर्षक थियो- ‘ब्रहृमचर्य विज्ञान ।’ वृद्धावस्था भइसक्यो, तर काखमा तरुनी पत्नी, सिरानमा ब्रहृमचर्य विज्ञान । उनका दुःख सायद अपार छन् – एकसाथ उनलाई पत्नी पनि चाहिएको छ र ब्रहृमचर्य पनि ।

सम्भवतः यो स्वाभाविक पनि हो । मानिसको शरीर भौतिक तत्त्वले बनेको छ, अतः यसले भोग खोज्छ । तर, चेतना जागरुकताले बनेको छ, यसले योग खोज्छ ।

दमित ईच्छालाई ब्रहृमचर्य भन्नेले पाखण्डको खास्टो ओढेका हुन्छन् । विपरीत लिङ्गीसँग आपसी प्रेम र न्यानोपन स्वाभाविक हो, त्योप्रति रुष्ट हुनुमा बुद्धिमत्ता देखिँदैन । सामाजिक या अन्य कारणले प्राकृतिक न्यायको बलिदान गर्नु कसरी अध्यात्म हुन सक्छ ?

बुढी र ब्रहृमचर्य विपरीत धारणाजस्तै देखिन्छन् । हाम्रो चुनौती यी विपरीतसदृश धारणाबीच ‘ग्रे स्पेस’ खोज्नु हो । कुनै पनि कुरा पूर्णतः खराब पनि हुँदैन, पूर्णतः असल पनि हुँदैन । व्यक्ति, वस्तु या घटनालाई कालो या सेतो मात्र देख्नु अल्पदृष्टि हो । समग्रतामा हेर्दा प्रचूर मात्रामा ‘ग्रे स्पेस’ फेला पर्छ ।

कृष्णको निष्काम प्रेम

गोपिनीहरु श्रीकृष्णसँग रासलीला सकेर मग्न हुँदै घर र्फकँदै थिए । वृन्दावनमा घनघोर पानी र्पयो र यमुना नदीमा बाढी आयो । गोपिनीहरु नदी तर्न सकेनन्, कृष्ण भए ठाउँ फर्के । रातमै घर नपुगे उनीहरुका पतिदेवले शंका गर्न सक्थे । अतः गोपिनीहरुले कुनै उपाय गरेर नदी तारिदिन कृष्णलाई आग्रह गरे । कृष्णले सुझाएः ‘किनारमा पुगेर यमुनालाई वन्दना गर र श्रीकृष्णको आजको ब्रहृमचर्यको फल स्वरुप नदी तारिदेऊ भन ।’

गोपिनीहरु अकमक्क परे । अघिसम्म आफूहरुसँग रासलीला गरेका प्रेमी कृष्णको कहाँ ब्रहृमचर्य, कहाँ त्यसको फल । उनीहरु मुखामुख गरिरहेको देखेर कृष्णले तिनीहरुको मनको कुरा बुझे । उनले भने, ‘दुविधा नहोऊ, मैले जे सुझाएँ त्यही गर, यमुनाले तिमीहरुलाई बाटो दिनेछिन् ।’

नदीछेउ पुगेर गोपिनीहरुले त्यसै भने, ‘यमुना माता, श्रीकृष्णको आजको ब्रहृमचर्यको फल स्वरुप हामीलाई बाटो देऊ ।’

यमुना नदीले बाटो दिइन्, गोपिनीहरु सहजै पार भए ।

कृष्णले रासलीला गरे । तर, निष्काम भावले । उनले ब्रहृमचर्यको फल पाए, कर्मको बन्धनमा परेनन् ।

निष्काम भावले कर्म गर्नु समस्त साधनाको सार हो । कर्मको फलमा आशक्त नभई कर्म गर्दा त्यसले बन्धन सृजना गर्दैन । बरु, त्यही मुक्तिको साधन भइदिन्छ । तन्त्र साधनाले निष्काम भावले कर्म गर्न सिकाउँछ ।

यी सबै कथाको सार एउटै हो, ब्रह्मचर्यको चर्चा हुनुको खास अर्थ हो, यो गाह्रो विषय हो । खासमा मानिस आत्माले चाहन्छ, ब्रम्हचर्य साँधौं, शरीरले चाहन्छ सबै किसिमका सुख भोगौं । यही दोधारमा मानिसको जीवन बितिरहेको छ ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here