विवादबारे कोहलीको स्पष्टीकरण- यसले मलाई केही फरक पर्दैन

0
78

नयाँ दिल्ली, २४ कात्तिक । देश छोड्ने भनाईलाई लिएर प्रशंसककै निशानामा परेपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले उक्त मुद्दालाई शान्त पार्ने प्रयास गरेका छन् । उनले सबैलाई आफ्नो रुचि छनौट गर्ने अधिकार भएको बताएका हुन् ।

कोहली सामाजिक सञ्जालमा यस हप्ता धेरै नै विवादमा तानिएका थिए । उनले आफ्नो एक फ्यानलाई भारतीय क्रिकेटरको खेल मन नपरे देश छोड्दा ठिक हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

विवाद बढ्दै गएपछि उनले आफ्नो भनाईबारे स्पष्टीकरण दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘मलाई लाग्छ, साथीहरुले गर्नुभएको ट्रोलिङ्ग मेरो लागि होइन, म आफैं ट्रोल हुँदा नै सन्तुष्ट छु ।’

उनी भन्छन्, ‘मैले मात्र ‘ती भारतीय’लाई कमेन्ट गरेको थिएँ, अरु केही होइन । म पनि मनपरेको कुरा छान्न पाउने स्वतन्त्रताको पक्षधर हुँ । साथीहरु, तिहारको आनन्द उठाउनुहोस् र शान्त रहनुहोस् । सबैलाई प्रेम ।’

कोहलीले सोमबार आफ्नो ३०औं जन्मदिनमा ‘विराट कोहली अफिशियल ऐप’ लञ्च गरेका थिए । त्यही क्रममा एक प्रशंसकले उनीसँगको कुराकानीमा भारतीय टिमलाई भन्दा इंग्ल्याण्ड र अस्ट्रेलियाको टिमलाई महत्व दिएका थिए ।

उनले लेखेका थिए, ‘विराट चाहिनेभन्दा बढी महत्व दिइएका ब्याट्स्म्यान हुन् । म त उनको ब्याटिङमा खासै केही देख्दिनँ । म यी भारतीयको तुलनामा इंग्ल्याण्ड र अष्ट्रेलियाका ब्याट्स्म्यानलाई हेर्न बढी रुचाउँछु ।’

उक्त भनाईमाथि प्रतिक्रिया दिँदै विराटले यस्तो आलोचनाले आफूलाई व्यक्तिगतरुपमा केही प्रभाव नपार्ने तर भारतमा रहेर कसैले भारतीय खेलाडी मन पराउँदैन भने उसले देश छाड्नुपर्छ भनेका थिए ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here