मन्त्रीको गाडी र मोटरसाईकल ठोक्किदा तीन जना घाइते

0
78

सौर्य अनलाइन
२०७५ कार्तिक २४ गते ९:२५ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से ३ प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से ३ प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here