समभाव किन अपरिहार्य छ ? हेर्नुहोस् आजको नीति वचन

0
70

उदये सविता रक्तो रक्तश्चास्तमये तथा ।
सम्पत्तौ च विपत्तौ च महतामेकरूपता ।। – संस्कृत सुभाषितम्

जसरी सूर्य उदाउँदा पनि रातो र अस्ताउदा पनि रातो नै हुन्छ त्यस्तै हामीमा पनि समभाव हुनु आवश्यक छ ।

व्यक्तिले रंग फेर्नु हुँदैन भन्ने नीति वचन पाइन्छ । जसरी सूर्यले आफ्नोे रंग फेर्दैनन् उदयकालमा पनि रातो र अस्तकालमा पनि रातो नै हुन्छ त्यसैगरी हामीले पनि अस्थिर भई रंग फेर्नु हुँदैन । जसरी सूर्यमा समभाव छ त्यसैगरी हामीमा पनि समभाव रहनुपर्छ भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here