आज शनिबार, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २४ गते

0
91

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २४ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको तृतीया तिथि राति १०।५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र राति १०।५२ बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र तैतिल करण रहेको छ । आज काठमाडौँमा सूर्योदय ६।२२ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ ।

आज चन्द्रमा वृश्चिक राशिमा छन् । आज अज शनिबार शिवजीको उपासना सँगै पीपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here