मेसी चोटग्रस्त हुँदा बार्सिलोनालाई फाइदैफाइदा !

0
62

एजेन्सी, २३ कात्तिक । भनिन्छ, कहिलेकाँही नकरात्मक घटनाले पनि सकरात्मक नतिजा दिन्छ । यस्तै भएको छ क्याटलान क्लब बार्सिलोनामा ।

कुरा के हो भने, हाल उक्त क्लबका कप्तान लिओनेल मेसी चोटग्रस्त भएर मैदान बाहिर नै छन् । पछिल्ला ५ खेलमा मेसी मैदानमा देखिन सकेनन् । यद्यपि, यी प्रतिस्पर्धामा बार्सिलोनाले पराजय व्यहोर्नु परेन । मेसीको उपस्थिति नभएपनि बार्सिलोनाले ४ जित र १ बराबरी गर्न सफल भएपछि मेसी बाहिर रहँदा क्लबलाई के कस्ता फाइदा भए भनेर समीक्षा सुरु भएको छ ।

मेसीलाई ला लिगामा सेभिल्लाविरुद्धको खेलमा चोट लागेको थियो । मेसीको अनुपस्थितिमा नै बार्साले रियल मड्रिडलाई ५-१ ले हराएको थियो । उक्त खेल मेसीले दर्शकदीर्घाबाट हेरिरहेका थिए ।

एक सशक्त प्रतिस्पर्धीलाई फराकिलो गोल अन्तरले हराउन सक्दा जति रियल मड्रिडले पूर्वकप्तान क्रिश्चियानो रोनाल्डोलाई ‘मिस’ गर्‍यो । रोनाल्डोको अनुपस्थितिमा रियल मड्रिड जति कमजोर देखिएको छ, निरन्तर ५ खेलमा मैदान बाहिर रहँदा पनि बार्सिलोनाले कप्तानको अभाव खड्किएन । टिम थप बलियो भयो र एकीकृत भयो । नेता त्यो हो जसले आफ्नो अनुपस्थितिमा थप नेता जन्माउन सक्ने भन्ने मान्यता बार्सिलोनामा स्थापित भएको छ । यो हो पहिलो फाइदा ।

मेस्सीको अनुपस्थितिमा अर्का स्टार लुइस सुआरेज चम्किएकै छन् । उनी गोल गर्न कति पनि चुकिरहेका छैनन् । झन् मेसीको अनुपस्थितिमा उनी थप चम्किए । यो जाँच्न मेसीको अनुपस्थितिमा मात्र सम्भव हुन्थ्यो र भयो पनि । यो हो दोस्रो फाइदा ।

कतिपयले भन्छन- मेसीबिना बार्सिलोना अहिलेको अवस्थामा रहँदैन । त्यसो त बार्साको लागि मेसीले धेरै चामत्कारिक गोल गरेर उद्दार गरेका पनि छन् । जब मेसीबिना पनि बार्सिलोनाले प्रभाव कायम राख्न सफल भयो भने यसलाई पनि अर्को उपलब्धि भनेर किन नमान्ने ?

स्टार क्लबहरुको अस्तित्व स्टार खेलाडीमा पनि निर्भर रहन्छ भन्ने मान्यता नै बनिसकेको छ । बार्साको अस्तित्व रिभाल्दो, रोनाल्डिन्हो लगायतको निर्भर हुन्थ्यो कुनै बेला भने अहिले मेसीको उपस्थितिमा । तर, यसपटकको मेसीबिना पनि बार्सिलोनाले कायम गरेको खेलले टिम स्पिरिट र कुशल संयोजनले पनि कुनै टिम सफल हुनसक्छ भन्ने मान्यता स्थापित भएको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here