कठिन जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा

0
66

एजेन्सी, २३ कात्तिक । यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि विजय हासिल गरेको छ । चेल्सीको यो १-० को कठिन जितसँगै ऊ युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल नै चेल्सीको विजयका लागि निर्णायक बन्यो । उनले एमर्सनको क्रसमा गोल सम्भव गर्दै पाँच महिनाको गोल शून्यतालाई क्रमभंग गरेका हुन् । यो नतिजासँगै समूह एल मा चेल्सीले शतप्रतिशत नतिजा निकाल्दै नकआउटमा उक्लिन सफल भयो । । जिरुडको यो चेल्सीका लागि ५ महिनापछि पहिलो गोल थियो । उनले प्रशिक्षक माउरिजियो सार्रीको आगमनपछि गोल गर्न सकेका थिएनन् ।

चेल्सीमा प्रशिक्षकको रुपमा माउरिजियो सार्री आएपछि यो जिरुडको पहिलो गोल हो । सार्री भन्छन्, ‘म जिरुडको लागि खुसि छु । स्ट्राइकरहरु गोल गर्न चाहन्छन् । उनको हौसला बढाउन यो गोल निकै महत्त्वपूर्ण सावित हुनेछ, म उनलाई गोलको संख्यालाई लिएर चिन्तित नहुन आग्रह गर्छु । उनले गोल नगरेपनि टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here