‘ठग्स अफ हिन्दूस्तान’ सुरुवाती कमाईले इतिहास रच्यो

0
78

एजेन्सी, २३ कात्तिक । बक्स अफिसको राजा मानिने बलिउड अभिनेता आमिर खानको बहूप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न सफल भएको छ । यो फिल्म हिजो ८ नोभेम्बरदेखि विश्वभरी रिलिज भएको हो ।

फिल्मलाई नकरात्मक प्रतिक्रिया मिले पनि यसले बक्स अफिसमा निकै जमेर कलेक्सन गरेको छ । देशभरी नकरात्मक रिभ्यू झेलिरहेको आमिरको यो फिल्मको ओपनिङ डेको कलेक्सन होश उडाउने छ ।

फिल्मले पहिलो दिन नै ५२ करोड २५ लाखको कमाई गरेको छ । फिल्मको हिन्दी संस्करणको पहिलो दिनको कमाई ५० करोड ७५ लाख थियो भने तामिल र तेलेगु डबबाट यो फिल्मले डेढ करोडको कमाई गरेको हो ।

व्यापार विज्ञ तरण आदर्शले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । यति मात्र नभएर दिपावलीको अवसरमा रिलिज भएको अन्य फिल्मको रेकर्डलाई तोड्दै यो फिल्म पहिलो स्थानमा आएको छ ।

फिल्ममा आमिरको अलावा कैटरिना कैफ, अमिताभ बच्चन, फातिमा सना शेख प्रमुख भूमिकामा छन् ।


प्रतिकृया लेख्नुहोस्:

#SajhaPost

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here