स्याङ्जाबाट नगदसहित छ जुवाडे पक्राउ

0
61

सौर्य अनलाइन
२०७५ कार्तिक २३ गते ११:३७ मा प्रकाशित

स्याङ्जा । भीरकोट नगरपालिका ६ स्थित ईश्वर केसीको घरमा गए राति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका ६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट १ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका ११ का योजन केसी रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here