आर्सनल बराबरी रोकियो, चेल्सीको कठिन जित

0
84

काठमाडौँ, २३ कात्तिक ।  गएराति भएको युरोपा लिगमा आर्सनलले स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेल खेलेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर निर्माण गरेता पनि गोल गर्न भने सकेनन् ।
यो बराबरीसँगै आर्सनलले ४ खेलमा १० अंक जोड्न सफल भएको छ । आर्सनल ग्रुप इ को शिर्षस्थानमा रहेको छ । त्यस्तै स्पोटिंङ सिपीले ७ अंक रहेको छ ।
गएराति नै भएको अर्को खेलमा चेल्सीले बेटलाई १-० गोलले पराजित गरेको छ । कठिन जितमा ओलिभर जिरोर्डले गोल गरे । उनले खेलको ५२ औ मिनेटमा गोल गरे । ग्रुप एलमा शतप्रतिशत जित निकालेको चेल्सीले चार खेलमा १२ अंक जोडेको छ । पराजित बेटले हालसम्म ३ अंकमात्र जोडेको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here