सख्तर डोनेस्टिकविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

0
72

काठमाडौँ, २२ कात्तिक । उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले गएराति भएको च्याम्पियन्स लिगमा सख्तर डोनेस्टिकविरुद्ध गोलको वर्षात् नै गरेको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा म्यान सिटीले सख्तर डोनेस्टिकलाई ६-० गोलले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जेससले ह्याट्रिक गरे । डेबिड सिल्भा, रहिम स्टर्लिग र रियाद महरेजले एकएक गोल गरे ।

खेलको १३ औ मिनेटमा डेबिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका । खेलको २४ औ मिनेटमा ग्राबियल जेससले पेनाल्टीमार्फत दोस्रो गोल गरे । दोस्रो हाफमा सिटी थप आक्रामक बन्यो ।

खेलको ४९ औ मिनेटमा स्टर्लिगले गोल गरे । खेलको ७२ औ मिनेटमा ग्राबियल पुन पेनाल्टीको सदुपयोग गर्दै गोल गरे ।

खेलमा चार गोलको अग्रता बनाएको सिटीका लागि ८४ औ मिनेटमा रियाद महरेजले गोल गरे । खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा ग्राबियलले गोल गर्दै आफ्नो ह्याट्रि पुरा गरे ।

यस समुह एफ को अर्को खेलमा लियोन र होफिनहमले दुईदुई गोलको बराबरी खेल खेलेका छन् । सिटी चार खेलमा ३ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

लियोनको ६, होफिनहमको ३ र सख्तर डोनेस्टिकको २ अंक रहेको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here