वामपन्थी नेता मास्केको निधन

0
63

सौर्य अनलाइन
२०७५ कार्तिक २१ गते १२:०७ मा प्रकाशित

चितवन । जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो ।

विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०१६ सालबाट उनी चितवनमा बसाइँ सरेर आएका हुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका छन । लामो समयसम्म उनी पार्टीको सल्लाहकारको रुपमा रहँदै आएको थिए ।

जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष भए ।

चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ ।

स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन । कान्छा छोरा अमेरिका भएकाले उनी फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here