तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, धपेडी नगर्न चिकित्सकको सुझाव

0
64

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बालुवाटारमै हुन लागेको हो । अपरान्ह १ बजे बालुवाटारको हलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी बन्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

गत कात्तिक ६ गते बिरामी परेदेखि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । कात्तिक ६ गते उनी विद्युतीय बस शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए । चिकित्सकहरुको सुझाव अनुसार प्रधानमन्त्री अहिले पनि आराम गरिरहेकाले बाहिर निस्कन नसक्ने अधिकारीले बताए ।

ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा नजान सुझाव दिएका छन् । मान्छेहरुको भेटघाट रोक्नकै लागि चिकित्सकले उनलाई अस्पतालमा राखेर उपचार गरेका थिए ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here