बाघले नौ वटा गाई मार्यो

0
63

सौर्य अनलाइन
२०७५ कार्तिक २१ गते १०:१४ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए ।

बाघले दिउँसोसमेत वनमा चर्न गएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उनले बताए, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पुर्याउन थालेको छ । बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए ।

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ । सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here