सुरक्षा व्यवस्था थप मजबुद बनाइने

0
60

सौर्य अनलाइन
२०७५ कार्तिक २१ गते ८:०१ मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उनले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताए ।

‘समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छौं,’ उनले भने । प्रहरी सङ्गठनभित्र निष्ठा र इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि समाजको सहयोग आवश्यक रहेको बताए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here