आफ्नै देशले बनायो फुटबल स्टार सलाहलाई हाँसोको पात्र

0
66

एजेन्सी, २० कात्तिक । इजिप्टका फुटबल स्टार मोहम्मद सलाहलाई उनको देशले एउटा पृथक किसिमको सम्मान दिएको छ जसले विश्वभरीका मानिसलाई नै मनोरञ्जन र हाँसो दिएको छ अहिले ।

यस वर्ष लिभरपुलमा सलाहको उदाहरणीय प्रदर्शनी र २०१८ को विश्वकप फिफामा देशको छनौट सफल बनाएपछि इजिप्टले सलाहको एउटा कास्य मूर्तिलाई स्थापना गरी अनावरण गरेको छ । तर सलाहले देशको गौरवशाली सम्मानलाई पचाउन भने सकेनन् यसर्थमा कि यो मूर्ति कुनै कोणबाट पनि उनीजस्तो देखिँदैन ।

मूर्ति सलाह जस्तो नदेखिएपछि अहिले सामाजिक सञ्जालमा यो ट्रोल बन्दै भाइरल भैरहेको छ ।

२६ वर्षीय फुटबल स्टार सलाहको यो कास्य प्रतिमा अहिले विश्वभरिका मानिसहरुका लागि हाँसोको विषय बनेको छ । मूर्तिमा बनाइएको सलाहको शरीर निकै नै हाँस्यास्पद छ । यसमा उनको शरीरलाई क्रमैसँग सानो र टाउकोलाई अत्यधिक ठूलो देखाइएको छ ।

उक्त प्रतिमामा लिभरपुलका फरवार्ड सलेहले हात फैलाएर अनुहार आकाशतिर फर्काएर गोल लगाएपछिको खुशी मनाइरहेको देखाइएको छ । प्रतिमामा बनाइएको उनको सुकेको खुट्टा र फुकेको टाउकोले त्यस मूर्ति उनको सम्मानका लागि भन्दा पनि उनलाई उडानका लागि बनाइएको प्रतीत हुन्छ ।

उक्त मूर्तिको अनावरण समारोह सर्म इल सेखस्थित वर्ल्ड युथ फोरममा आयोजना भएको थियो । समारोहमा इजिप्टमा राष्ट्रपति अब्दुल फतेह अल सिसी पनि उपस्थित भएको बीबीसीले बताएको छ ।

अनावरण लगत्तै त्यस अनौठो प्रतिमाले विश्वभरीको ध्यान खिँचेको थियो ।

अहिले त्यो प्रतिमा हाँसोको विषय बनेको छ । साथै, यो प्रतिमाले अहिले विश्वभरी फोटोशप युद्ध पनि चलाएको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here