कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

0
76

सौर्य अनलाइन
२०७५ कार्तिक २० गते ११:०२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।  जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना उनले गरेका छन् ।

सडक दुर्घटनाबाट वर्षेनी मानवीय क्षति हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न गराउन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गरेका छन् । सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here