सेयर कारोबार आजदेखि पूर्ण अनलाइन, अर्थमन्त्रीले गरे उदघाटन

0
70

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे ।

नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ ।

प्रविधिको प्रयोग बढेसँगै अनलाइन कारोबार शुरु गरिएको नेप्सेले जनाएको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले नेप्सेले अनलाइन प्रणाली शुरु गरेको बताएको छ ।

आजदेखि आम लगानीकर्ताले इण्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । अनलाइन कारोबार शुरु भएसँगै सेयर बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here