हिमालय ऊर्जाको आईपीओ सर्वसाधारणले नकिनेपछि थपियो समय

0
103


आर्थिकन्यूज

काठमाडौं, कातिक २० । हिमालय ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई खुला गरेको ९ करोड ९ लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन दिने समय थप गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कात्तिक २० गते सम्म आवश्यक मात्रमा आवेदन नपरेपछि समय थप गरिएको हो । अब आवश्यक आवेदन परेपछि आइपीओ बन्द हुनेछ । ढिलोमा मंसिर ८ गतेसम्म भर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयलाई ९ करोड ९ लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्ता र अधिकतम ४९ सय कित्तासम्मको लागि आवदेन दिन पाउने छन्। प्रभावित क्षेत्रका बासिन्दाले पाएको शेयर बाँडफाँड भएको तीन वर्षसम्म बिक्री गर्न छैनन्।

लगानीकर्ताले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा–१, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा र प्राइम बैंक जिरी शाखाबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, सेञ्चुरी बैंक जिरी शाखा तथा एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हिमालय उर्जाको गत चैत २४ गते सम्पन्न साधारण सभाले २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ९० हजार कित्ता (१०५) र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता (१५५) शेयर छुट्याइएको छ ।

२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here