उत्पादनमुखि सञ्चारमा जोड

0
76

बाँके । नेकपा बाँकेका नेता अशोक कोइरालाले आर्थिक समृद्धिका लागि उत्पादनमुखी सञ्चार आजको आवश्यकता भएको बताएका छन् ।

सामुदायिक रेडियो कोहलपुर एफएमको ११औँ वार्षिकोत्सव कार्यक्रमको अवसर र विभिन्न सांस्कृतिक चाडहरूको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता कोइरालले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले कार्यक्रममार्फत आमजनतामा शुभकामना व्यक्त गर्दै देउसीभैलोलाई मर्यादित बनाउन कोहलपुरको संस्कार, संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने देउसीभैलो खेल्न आग्रह गरे ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतले कोहलपुर नगरवासीको सम्मुनतिको शुभकामना भन्दै रातको १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको रेडियो कोहलपुरका स्टेसन म्यानेजर विष्णु बेल्वासेले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता तथा कोहलपुर एफएमका संस्थापक अध्यक्ष भानुभक्त भट्टराईले मिडिया स्वतन्त्र र निष्पक्ष भए मात्र लोकतन्त्र मजबुत हुने धारणा राखे ।

कोहलपुर नगरभित्रका इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डे, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलगायत कोहलपुर नगर कार्य पालिकाका सदस्यहरू, कोहलपुर नगरभित्रका वडाअध्यक्ष कर्ण ब. थापा, कृष्ण ब. खड्का, होटेल व्यवसायी संघ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेको कोहलपुर एफएमका प्रबन्धनिर्देशक तेजप्रकाश अधिकारीले बताए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here