रिडि हाईड्रोपावर नाफामा ३५ प्रतिशतले वृद्धि

0
97


आर्थिकन्यूज

काठमाडौं, कातिक २० । रिडि हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेड (Ridi Hydropower Development Co. Ltd.) ले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा ९६ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको तुलनाभन्दा ३५ दशमलव २६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ७१ लाख रुपैयाँ कमाएको थियो ।

५० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ४ करोड २६ लाख रुपैयाँ राखिएको छ । कम्पनिको बिक्री तर्फ १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जम्मा आम्दानीमा १५ दशमलव ४८ प्रतिशतले बढेर १ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा २० प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ रहेको छ ।

रिडि हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ७२ प्रतिशत, मुल्य आम्दानीको अनुपात २ सय २३ दशमलव ८४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ०९ रुपैयाँ रहेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here