अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई छैनः अधिकारी

0
77

सौर्य अनलाइन
२०७५ कार्तिक २० गते ७:५७ मा प्रकाशित

बुटवल । प्रदेश-५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अवाञ्छित गतिविधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् ।

उनले तिहार, छठ, नेपालसम्बतजस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरू कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे ।

रिपोर्टर्स क्लब प्रदेश–५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षाविना विकास सम्भव नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए ।

‘पटका ल्याउन, बेच्न, पट्काउन केही गर्न पनि पाइँदैन, यो पाँच दिनको अवधिमा २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद गरेका छौँ’, पक्राउ परेकाहरूलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता भइसकेको उनले बताए ।

प्रदेश–५ मा ५० लाख जनसंख्याका लािग १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए । ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोही पनि विचलित हुनुहुन्न, कहीँ कतै अवाञ्छित घटना हुन दिन्नौँ,’ उनले भने ।

प्रदेश–५ मा ठूला व्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए । ‘सीमा क्षेत्रबाट ठूलाठूला ट्रक पनि छोप्यौँ ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौँ, सडकमा कानुनको खिल्ली उठाउने कसैलाई अधिकार छैन ।’ उनले प्रदेश–५ मा ट्राफिक व्यवस्थापनमा नयाँ ठोस योजनामा नयाँ नियम ल्याउँदै गरेकोसमेत जानकारी दिए । उपमहानगरहरूमा ‘नो हर्न एरिया’ तोक्ने र स्पिड नियन्त्रण गर्ने अभियान केही दिनमा सुरु हुने उनको भनाइ छ ।

‘यो प्रदेशमा मुख्यगरी लागुऔषध, सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रूपमा छन्, हामीले यसलाइ न्यूनीकरणतर्फ रणनीति नै बनाएर लागेका छौँ’, उनले भने । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीले सञ्चालन गरेका थिए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here