सामूदायिक लघुवित्तको २ लाख ७३ हजार कित्ताको आईपीओ मंसिर २ देखि, ५० देखि १५ सय कित्तासम्म पाइने

0
85


काठमाडौं, कात्तिक २० । सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७३ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

यो वित्तीय संस्थाले मंगलबार सार्वजनिक गरेको संशोधित आव्हान पत्र अनुसार आगामी मंसिर २ गतेबाट निष्काशन हुने उक्त शेयरको छिटोपत्र निष्काशन बन्द हुने छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म हुने भएको छ ।

यो लघुवित्तको जम्मा १० करोडको चुक्ता पुँजीमा ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको रकमका लागि ३ लाख कित्ता शेयरको आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये १२ हजार कित्ता (४ प्रतिशत) शेयर कर्मचारीलाई , १५ हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २ लाख ७३ हजार कित्ताको मात्रै आम सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।

यसको शेयर खरिद गर्न प्रतिकित्ता १ सयका दरले पाइने उक्त शेरक कम्तिमा ५० र बढीमा १५ सय कित्तासम्मलाई आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here