आज कुकुर तिहार, नरक चतुर्दशी, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २० गते

0
89

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २० गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्ण पक्षको चतुर्दशी तिथि राति १०।८ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र राति ८।३२ बजेसम्म रहनेछ । आज काठमाडौँमा सूर्योदय ६।१९ मा छ भने सूर्यास्त बेलुका ५।१५ बजे हुनेछ । आज चन्द्रमा विहान ८।४६ सम्म कन्या र सो पश्चात् तुला राशिमा रहनेछन् ।

आज यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुर तिहार हो । कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुरको पूजा हुने गर्दछ । यस दिनलाई नरक चतुदर्शशी पनि भनिन्छ । गृहरक्षकका रूपमा पनि कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । कुकुर चलाख प्राणी अन्तर्गत पर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here