कन्काइ विकाश बैंक पनि मर्जरकै बाटोमा

0
77


कन्काइ विकाश बैंकले बाह्रौ बार्षिक साधारणसभा आब्हान गरेर मर्जरमा जाने संकेत देखाएको छ । बैंकले साधारणसभाबाट उपयुक्त बैंक तथा वित्तिय संस्थासंग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिया प्रदान गर्ने भएको छ ।

साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पुँजीको साढे ६ प्रतिशतले हुन आउने ३ करोड २५ लाख बराबरको नगद लाभांश र ३ प्रतिशतले हुने १ करोड ५० लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

बैंकले साधारणसभाको लागि शेयरधनीहरुलाई मंशिर १० गते गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल झापामा खिउसो १ बजे बोलाएको छ ।

साधारण सभामा बैंकले पुँजी बृद्धि गर्ने तथा अन्य २ जिल्ला कार्यक्षत्र विस्तार गर्ने एजेन्डा राखेको छ ।

हाल ५० करोड चुक्ता पुँजी रहेको कन्काईले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा कायम गरेको थियो ।

 

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here