हलिउड इतिहासकै ठूलो र रहस्यमयी फिल्म लिएर आउँदैछन् लिओनार्दो डि कैप्रियो

0
60

एजेन्सी, १९ कात्तिक । फिल्म ‘टाइटनिक’ बाट विश्वविख्यात पहिचान बनाउन सफलत हलिउड अभिनेता लिओनार्दो डी कैप्रियोले अब विश्वभरी छरिएका आफ्ना फ्यानहरुका लागि एउटा रहस्मयी फिल्म लिएर आउने भएका छन् ।

उनी चर्चित साइन्स फिक्सन ‘टाइम मशीन’ मा आधारित रहेर फिल्म निर्माण गर्दैछन् । उनले यो फिल्मको माध्यमबाट फिल्म निर्माण क्षेत्रमा पहिलो पटक आफुलाई प्रस्ततु गर्दैछन् । यो फिल्मको निर्देशन चर्चित हलिउड निर्देशक एण्डी मशेतीले गर्दैछन् ।

यो फिल्मको हलिउडको इतिहासमा एउटा ठूलो फिल्म हुने बताइएको छ किनभने यसलाई हलिउडका दुई ठूला फिल्म स्टुडियो वार्नर ब्रदर्स र पैरामाउन्टले मिलेर बनाउँदैछ ।

टाइम ट्राभल्स फिल्म उद्योग सुरु हुनभन्दा अघिदेखि मानव समुदायमा एउटा उत्सुकता र रोचकताको विषयबस्तु बनेर बसेको छ । वेलायती भिक्टोरिया युगमा लेखिएको उपन्यास ‘टाइम मशीन’ मा नदेखिएको नजानिएको अकल्पनीय भविष्यको बारेमा धेरै उत्सुकता जगाइएको छ ।

फिल्मका पश्चिमा साहित्याकार एच जी वेल्सका नातीले समय यात्रा गर्ने वैज्ञानिकको साथीको भूमिका निभाएका छन् ।


प्रतिकृया लेख्नुहोस्:

#SajhaPost

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here