माथिल्लो तामाकोशीको आर्इपीओको लागि चार गुणा बढी आवेदन

0
81


काठमाडौं, कात्तिक १९ । माथिल्लो तामाकोशी हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा चार गुणा आवेदन परेको छ । तामाकोशीको सेयरमा आवेदन दिने अन्तिम दिन सोमबार साढे ४ बजेसम्ममा ६ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ ।

पूर्वनिर्धारित अवधिभित्र माग गरेभन्दा कम आवेदन परे आवेदन मिति बढाइने बताइए पनि सोमबार बैंकिङ समयपश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द भएको छ ।

तामाकोशीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार सोमबार साँझ साढे ४ बजेसम्ममा ३ लाख १३ हजार ८ सय ९० जनाले आवेदन दिएका हुन् ।

कार्कीका अनुसार हालसम्म ६ करोड ५ लाख ४८ हजार कित्ता अर्थात् ६ अर्ब ५ करोड ४८ लाख रुपैयाँको आवेदन परेको हो । बैंकिङ सयमभित्र आवेदनको म्याद तोकिएपनि बैंकहरुले इन्ट्री गरिरहेको हुँदा यो संख्या अझै बढ्नेछ । सो संख्या मंगलबारमात्र जानकारी हुने जनाइएको छ ।

माथिल्लो तामाकोशीले बिहीबार (कात्तिक १५ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ खुला गरेको थियो ।

तामाकोशीको सेयरको सह–निश्काष्न तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ को आईपीओ निश्काष्न गरी बाँडफाँट सम्पन्न गरिसकेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here