तिहार लागेसँगै नेप्सेमा उत्साह

0
97


काठमाडौं, कात्तिक १९ । तिहार लागेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ दशमलव ९२ अंकले बढेर १ हजार २ सय १९ दशमलव २० को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ५५ कम्पनीको ८ लाख २२ हजार २०७ कित्ता शेयर खरिदबिक्री हुँदा २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ५१ अंकले बढेर २ सय ५९ दशमलव ३२ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज ४ करोड १७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सिर्जना फाइनान्स (वित्तीय संस्थां) का लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १ दशमलव ८६ प्रतिशतले घटेको छ ।

यस दिन सबै समूहहरुमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी बढ्नेमा निर्जीवन बीमा कम्पनीको रहेको छ ।

 

 

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here