आगलागीमा परि एकको मृत्यु

0
68

सौर्य अनलाइन
२०७५ कार्तिक १९ गते १२:५८ मा प्रकाशित

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ गुन्सामा आइतबार राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।

जितबहादुर गोलेको घरमा आगो लाग्दा उनको १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए ।

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here