तिहारका बेला काठमाडौंमा राति १० बजेपछि देउसी खेल्न नपाईने

0
87
फाइल फाेटाे

काठमाडौं, १९ कात्तिक । काठमाडौंमा तिहारका बेला राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तय गरेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

देउसीभैलोको बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने भन्दै प्रशासन र प्रहरीले उक्त समय निर्धारण गरेको जनाएका छन् ।


प्रतिकृया लेख्नुहोस्:

#SajhaPost

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here