ज्ञानेन्द्रलाई फेरि राजा बनाउने भारतको गम्भीर षड्यन्त्र, यसरी भयो खुलासा !

0
91

काठमाडौं, १९ कात्तिक– नेपाली राजनीतिमा पर्दा अगाडि थोरै र पर्दा पछाडि धेरै खेल हुन्छ । पर्दा पछाडिको खेलले नै नेपाललाई सधैं राजनीतिक रुपमा अस्थिर बनाएको जगजाहेर छ । अहिले पनि पर्दा पछाडि निकै खतरनाक खेल भइरहेको झलक देखिन थालेको छ ।

यस्तो खेलको एउटा संकेत भारतको चर्चित मिडिया ‘फस्ट पोष्ट’ ले खुलासा गरेको छ । भारतीय संस्थापनसँग निकट मानिने सो अनलाइनले एउटा यस्तो सम्भावना व्यक्त गरेको छ जसले नेपालको राजनीति पूरै डाँवाडोल बनाइदिन सक्छ । त्यति मात्र होइन, नेपाल र भारतको सम्बन्ध विगत नाकाबन्दीकालको जस्तो तिक्त बनाइदिन सक्छ । त्यो सम्भावना हो पूर्वमहाराज ज्ञानेन्द्रलाई भारतले नेपालको राजासरह मान्यता दिने । भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सो दिन राजधानी दिल्लीमा भव्य समारोह आयोजना गरिन्छ । सो समारोहमा विशिष्ट विदेशी पाहुनालाई प्रमुख अतिथि बनाउने गरिएको छ ।

यो वर्षको २६ जनवरीमा ६९ औं स्वतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउन भारतले प्रस्ताव गरेको थियो । तर, ट्रम्पले ठाडै अस्वीकार गरेका छन् । ट्रम्पले भारतलाई अपमान हुने गरी निम्ता अस्वीकार गरेपछि विकल्पमा अतिथि खोज्न थालियो । विकल्पमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा भारतीय संस्थापनको उच्च तहमा छलफल भएको ‘फस्ट पोष्ट’ ले लेखेको छ । सो अनलाइनमा भारतीय नेशनल सेक्युरिटी काउन्सिलका अध्यक्ष रहिसकेका डा. तारा कार्थले २०७५ कात्तिक १४ को आफ्नो टिप्पणीमा पूर्वराजा ज्ञानेन्द्र र भारतबीच सम्बन्ध पूरै सुधारएको, प्रगाढ बनेको तथा कुनै सहमतिमा पुगेको पनि उल्लेख गरेका छन् ।

साँच्चै बोलाए के हुन्छ ?
भारतले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा बोलायो भने के हुन्छ ? नेकपाका एक नेताले टिप्पणी गरे– ‘पूर्वराजा ज्ञानेन्द्रलाई बोलाउनेबारे भारतीय उच्च तहमा छलफल हुनु मात्रै पनि आपत्तिजनक हो । झन् बोलायो भने त प्रलय नै हो । भारतले यसो ग¥यो भने नेपाल–भारत सम्बन्ध नाकाबन्दीकालको अवस्थामा फर्किने छ ।’ जानकारहरुका अनुसार भारतले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउनु भनेको नेपालमा राजसंस्था पुनस्र्थापना गर्न भारतले चाहेको खुलस्त हुनेछ । त्यसपछि नेपालमा ज्ञानेन्द्र शक्तिशाली हुनेछन् । नेपाल अहिले हिंडिरहेको राजनीतिक बाटोमा तगारो लाग्नेछ । नेपालको समग्र राजनीतिक प्रक्रिया र संविधान नै धरापमा पर्नेछ ।

– साँघु साप्ताहिकबाट

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here