कन्काई विकास बैंकको एजीएमका लागि बुक क्लोज हुदै

0
101


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १९ । कन्काई विकास बैंक लिमिटेडको साधारण सभा मसिर १० गते हुने भएको छ । जसका लागि बुक क्लोज कात्तिक २८ गते एक दिनका लागि बन्द गर्ने निर्णय भएको छ । कात्तिक २७ गतेभित्र कायम रहने सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् ।

कम्पनीले शेयरधनीहरुलाई सभामा ३% बोनस शेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । बैंकले थप २ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने एजेन्डा पनि सभामा लैजानेछ । सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले कात्तिक १६ गते बसेको संचालक समितिको बैठकबाट बाहौ वार्षिक साधारण सभाका लागि बुक क्लोज तोकिएको हो ।

कम्पनीको साधारणसभा मंसिर १० गते सोमबार दिउँसो १ बजे गोरखा डिपार्टमेन्ट सभाहल, दमक झापामा हुन लागेको हो ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here