धर्मपरिवर्तन गराउने ४ पक्राउ

0
115

सौर्य अनलाइन
२०७५ कार्तिक १९ गते ७:४२ मा प्रकाशित

बुटवल । धर्म परिवर्तनका लागि प्रचार गर्दै हिँडेका चार जनालाई वडा प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जापानिज र दुई जना नेपाली महिला रहेका छन् ।

बुटवल उपमहानगरपालिका–१४ पदमपुरमा धर्म परिवर्तनका लागि मानिसको घरघरमा पुगेका उनीहरूलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । पक्राउ पर्नेमा जापानिज ४९ वर्षीया यासुको ओवा र ४४ वर्षीया मकिहिकुला रहेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका–५ की २५ वर्षीय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षीया तीर्थमाया घले रहेका छन् । ६ जनाको टोलीले घरघरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्मपरिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानीयले वडा प्रहरी कार्यालय बुटवलमा जानकारी गराएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोस्टरहरू फेला परेका छन् । स्थानीय हरिशरण पाण्डेले एक घण्टासम्म निगरानी गरेर प्रहरीलाई खबर गरेको बताए ।

‘हामीले सुईको पाएपछि निगरानी ग¥यौँ, भिडियो खिच्यौँ र प्रहरीलाई खबर गरेका हौँ’, उनले भने ।

पक्राउ परेका दुई जना नेपाली महिला मध्ये घले एजेन्ट हुन् भने घिमिरे सहयोगी भएको प्रहरीले जनाएको छ । क्रिश्चियनको कार्यक्रममा पोखरा गएकी घलेले दुई विदेशी महिलालाई एक महिनाअघि मात्र बुटवलमा ल्याएको बुझिएको छ ।

सुकुम्बासी बस्ती र दलित बस्तीमा घलेले विदेशी महिलाहरूलाई लैजाने र धर्म परिवर्तनका लागि प्रचार गर्ने गर्दथिन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरीनिरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

नेपालमा धर्म परिवर्तनका लागि भित्रभित्रै सक्रियता बढिरहेको भन्दै सरकारले संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्नेदेखि व्यक्तिलाई देश निकालासम्मको कानुन निर्माण गरेको छ । तैपनि, नेपालमा लुकीछिपी विभिन्न आडमा धर्मपरिवर्तन भने भइरहेका छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here