नेपाल टेलिभिजनमा कमेडी क्लब चलाउँदै मुन्द्रे

0
63

काठमाडौं, १९ कात्तिक । चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रेले कमेडी क्लब चलाउने भएका छन् । टेलिभिजन दर्शकका लागि चर्चित नेपाल टेलिसिरियल ‘जिरे खुर्सानी’मार्फत् मुन्द्रेको नामले चर्चित छन् ।

उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी क्लब चलाउन लागेका हुन् ।

यसबीच छक्कापक्का फिल्म श्रृंखलामा देखिएर थप चर्चित बनेका उनी पुनः टेलिभिजनको स्क्रीनमा फर्किएका हुन् । ‘म टेलिभिजन कार्यक्रमबाटै उठेको कलाकार हुँ,’ उनी भन्छन्, ‘केही समयपछि पुनः यसैमा फर्किएको छु ।’

राजधानीमा शनिबार कमेडी क्लब घोषणा गर्दै उनले कार्यक्रमबारे स्पष्ट पार्दै भने, ‘कतिपय गाउँ‍-ठाउँमा पुग्दा दर्शकले खोई त टिभीमा ? भनेर सोधिरहेका छन्, यसकारण पनि टिभीलाई माया मार्न सकिनँ ।’

उनले आफूले सुरु गर्ने कमेडी क्लब मौलिक हुने दाबी गरे । सोमबार रातिदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा राजाराम पौडेल र दीपाश्री निरौलाले साथ दिने भएका छन् । साथै, राजेन्द्र नेपाली र उमेश राईले पनि उनलाई साथ दिनेछन् ।


प्रतिकृया लेख्नुहोस्:

#SajhaPost

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here