प्याराग्ल्याडिङ विश्वकप: कोरियन खेलाडीको सानदार खेल प्रदर्शन

0
66

काठमाडौँ, १९ कात्तिक । प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट (खेलाडी) ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् । ओभरअल प्रतिस्पर्धाको छ राउण्डको खेल समाप्तीमा कोरियन पाईलट स्याङयु लिमले १२ अंक जोड्दै उपाधिसहित १ हजार युरो पुरस्कार स्वरुप थापे ।

उनले अन्तिम चरणको उडानमा केवल दुई अंकको स्कोर गरेपछि नेपालमा आयोजित पहिलो सस्करणको विश्वकपको उपाधि लिमको पोल्टामा पर्यो । दोस्रो र तेस्रो स्थानमा समेत कोरियन खेलाडीले नै कब्जा गरे । समान १५ अंक जोडेका कोरियन पाईलटद्वय जिहुन यो र सियोङमिन लिले फेरी उडान भर्दै योले दोस्रोस्थानमा चिक्त बुझाए । उनले फेरी उडान गर्दा योले दुई अंक जोडियो भने लिले सात अंक थपे ।

उनीहरु क्रमश सात सय ५० र ५ सय युरो पुरस्कार स्वरुप पाउँदाँ स्लोभानियाका पाईलट प्रिलोजुईक रोक भने चौथो स्थानमा सीमित हुन पगे । उनी अन्तिम उडानमा दुई अंकको स्कोरमा रहदै १६ अंकसहित चौथो स्थानमा रहदै विश्वकप टुग्याए । नेपाली पाईलट युकेश गुरुङ भने ३३ अंकसहित आठौं स्थानमा चिक्त बुझाउन बाध्य भए ।

महिला तर्फको प्रतिस्पर्धामा पनि कोरियन खेलाडी ह्युनही किमले ५९ अंकसहित प्रथम हुदैं नगद १ हजार युरो प्राप्त गरिन् । दोस्रो स्थानमा पनि कोरियन खेलाडी इउनयोङ चोले छ राउण्डको खेलमा ७४ अंक जोड्दै दोस्रो स्थान कब्जा गर्दैै ७ सय ५० युरो फेला पारिन् । तेस्रो स्थानमा भने इण्डोनेसियाकी गीता रेज्की गुन्तरीले २११ अंकमा रहिन् । उनले ५ सय युरो पुरस्कार पाईन् ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here