वेस्ट इण्डिज भारतसँग ५ विकेटले पराजित

0
54

काठमाडौँ, १९ कात्तिक । गएराति भएको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले खेलमा वेष्ट इण्डिजलाई भारतले ५ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिंग रोजेको भारतलाई वेष्ट इण्डिजले ११० रनको लक्ष्य दिएको थियो । भारतले १७ ओभर ५ बलमा मात्र ५ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गरेको थियो । भारतको जितमा दिनेश कार्तिकले अविजित ३१ रन जोडेका थिए भने हार्दिक पान्डयाले २१ रन बनाए ।

मनिस पाण्डेले १९ रन, लोकेस राहुलले १६ रन बनाउन सफल भएका थिए । वेष्ट इण्डिजका लागि ओशाने थोमस र कार्लोस ब्रैथवेथले समान दुईदुई विकेट लिएका थिए ।

वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

उसका लागि फाबियन एलेनले २७, केमो पाउलले १५, साई होप र केइरोन पोलार्डले समान १४ १४ रन जोडेका थिए ।

भारतका कुलदीप यादबले ३ विकेट लिए ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here