क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

0
63

१९ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३-१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गर्दा पेड्रोले एक गोल गर्न सफल भए । क्रिष्टल प्यालेसका लागि भने एन्ड्रोस टाउनसेन्डले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलअन्तरले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप २ गोल गर्दा क्रिष्टल प्यालेसले पनि १ गोल गर्न सफल भयो ।

खेलको ५३औं मिनेटमा क्रिष्टल प्यालेसका लागि एन्ड्रोसले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । तर खेलको ६५औं मिनेटमा नै मोरटाले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-१ गोलको अग्रता दिलाए । खेलको ७० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३-१ गोलले अघि रहेको थियो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल चेल्सीले जितेको हो ।

जितसँगै चेल्सीले ११ खेलबाट २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको पनि समान २७ अंक नै भएपनि गोलको आधारमा पछि पारेको हो । लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here