शेयर ब्रोकरको भुक्तानी पनि connectIPS e-Payment प्रणाली मार्फत

0
121


nchl logo

काठमाडौं, कात्तिक १९ । शेयर कारोबारको भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताहरुले शेयर खरिद गरे वापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी www.connectips.com मा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सक्नेछन् ।

हाल सम्ममा यस प्रणालीमा १२ जना ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भइसकेका छन् भने अन्य ब्रोकरहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउने क्रम जारी रहेको छ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e–payment प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फण्ड लोड जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेकोमा, अब शेयर ब्रोकरलाई लगानीकर्ताले यसै प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था शुरु गरेको हो । यसबाट लगानीकर्ताहरुले हाल अन्य माध्यमबाट भुक्तानी गर्दा बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने छ ।

connectIPS e–payment प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here