नगरपालिकाको डोजर जनप्रतिनिधिको कमाइ खाने भाँडो: करीब २४ लाख जनप्रतिनिधिको खातामा

0
214

नगर क्षेत्रको कार्यमा प्रयोग गर्ने भन्दै डोल्पा एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाइ खाने भाँडो बनेको छ। त्रिपुरासुन्दरी नगरपालिकाले अन्तरिक विकास योजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलव खाने माध्यम बनेको समाचार आजको नागरिक न्युजले छापेको छ।

प्रदेश सरकारले स्थानिय निकाएको अन्तरिक श्रोत व्यवस्थापन गर्न सकेमात्र जनप्रतिनिधिलाइ तलव खुवाउन सकिने निर्णय गरेको थियो। अफो नगर क्षेत्रम प्रभावकारी कर असुली तथा वयवस्थापन पद्धतिसमेत तय गर्न नसकेको नगरले डोजरको आम्दानीबाट जनप्रतिनिधिलाइ तलव खुवाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले ०७५ साउन बाट लागु हुनेगरी निर्वाचित जनप्रतिनिधिलाइ तलव खुवाएको हो। साउन देखि असोज सम्म तिन महिना र दशैं पेस्कीसमेत गरेर चार महिनाको तलव खुवाएको नगरपालिकालाई उद्रिद गर्दै नागरिक न्युजले लेखेको छ।

०७५ असर २३ मा सम्पन्न दोस्रो नगरसभाले भरपर्दो स्थाई अन्तरिक श्रोत भएमा तलव खुवाउने निर्णय गरेको थियो। भदौ अन्तिम साता बसेको नगर बैठकले ११ वडाका अध्यक्षलाइ मासिक १९ हजार, निर्वाचित वडा सदस्यलाई मासिक ६ हजार, कार्यपालिका सदस्यलाई मासिक ११ हजार, मेयरलाइ मासिक ३४ हजार र उपमेयरलाइ मासिक ३० हजारका दरले पारिश्रमिक दिने निर्णय गरेको थियो।

११ वडाका अध्यक्षलाइ १९ हजारका दरले कुल ८ लाख ३६ हजार ३९, सदस्यहरुलाई मासिक ६ हजारका दरले ९ लाख ३६ हजार, कार्यपालिकाका ८ सदस्यलाई मासिक ११ हजारका दरले ३ लाख ५२ हजार, मेयरलाइ ३४ हजारका दरले ४ महिनाको १ लाख ३६ हजार र उपमेयरलाइ ३० हजारका दरले १ लाख २० हजार गरी करिव २३ लाख ८० हजार रुपैयाँ जनप्रतिनिधिको खातामा जम्मा गरेको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ क अध्यक्ष कर्मसिंह थापाले बताए।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here