कोठा-कोठा पसेर क्रिस्चियन धर्मको प्रचार

0
253

गोरखा- गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ ।

धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् ।

‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए । भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।

मान्दै आएको धर्म मान्न पाउने, भजनकिर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाइने संवैधानिक व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘धर्मप्रचार गरेको बारे सूचना संकलन गरिरहेको छु, त्यस्ता समूह भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here