एसपी विष्ट र इन्सपेक्टरलाई बर्खास्त गर्ने तयारी, अन्य १२ प्रहरीलाई के कारबाही हुन्छ ?

0
148

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि वढाएको छ।

आइतबार गृह मन्त्रालयले उनीहरुसँग स्पष्टीकरण सोधेको छ। एआइजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको रायका आधारमा एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अनुसन्धानमा चरम लापरबाही गरेको तथा पदीय जिम्मेबारी बहन गर्न नसकेको भन्दै उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने सरकारको तयारी छ। उनीहरु दुबै दुई महिनादेखि निलम्बनमा छन्।

त्यसैगरी निर्मला हत्या प्रकरणमा अन्य एक दर्जन प्रहरीमाथि पनि सरकारले कारबाहीको तयारी गरेको छ। यस अघि निलम्बनमा परेका आठ प्रहरीबाहेक अरु चार प्रहरीमाथि पनि विभागिय कारबाही गर्ने सरकारले तयारी गरेको छ।

गत साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here